५ माघ २०७४, शुक्रबार

डोटी।  प्रादेशको मुकामको विषयमा स्थानीय आन्दोलित भइरहेका छन् । आन्दोलनकारी र प्रहरीकाबीच दोहोरो झडप भएका छन् ।

एक दर्जन आन्दोलनकारी र ५ जना प्रहरी झडपकामा घाइते भएका छन् । घाइतेहरुमा एमाले डोटीका अध्यक्ष चक्र मल्ल, दिपायल सिलगढी नगरपालिकामा मेयर मञ्जु मलासी, सायल गाउँपालिकाका उपाध्यक्ष बिस्ना सिंह, माओवादी केन्द्रका केन्द्रिय सदस्य जर्नादन जोशी रहेका छन् भने शुसिल घर्ती, शेरबहादुर मल्ल, मेरिना श्रेष्ठ, विजयराज ओझा सहितका एक दर्जन बढी आन्दोलनकारी घाइते भएका छन् ।त्यस्तै, झडपमा प्रहरीतर्फका इन्सपेक्टरसहित ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख मधुसुधन लुईटेलले जानकारी दिए ।

आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा सुरक्षामा रहेका प्रहरी माथी ढुंगामुडा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ दर्जन बढी अश्रुज्ञास प्रहार गरेको छ । डोटीको स्थिति तनाबग्रस्त बनेको छ । स्थितिलाई सामान्यीकरण गर्न अश्रुग्यास प्रहार गरेको प्रहरीको भनाइ छ ।पत्रकारमाथि पनि प्रहरीले कुटपिट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV