५ माघ २०७४, शुक्रबार

एजेन्सी । आल्मुनियमलाई  खानेकुरा  प्याक गर्न प्रयोग गरिन्छ । मानिसको व्यस्त जीवनमा समय बचतका लागि र  मानिसलाई भाँडा माझ्ने फुर्सद पनि नभएको आल्मुनियममा प्याक गर्छन  । तर, आल्मुनियममा खाना राख्दा खाना खराब हुनको साथै पोषण तत्व पनि नष्ट हुन्छ।

आल्मुनियमको भाँडामा खाना पकाउँदा त त्यति धेरै असर गर्दैन तर आल्मुनियम फाइलमा खाना प्याक गर्दा  भने स्वास्थ्यका लागि नराम्रो हुन्छ। यसको बढी प्रयोगले अल्मराइजबाट पीडित मानिसको ब्रेन टिस्युमा आल्मुनियमको मात्रा बढ्छ । हाडको समस्याबाट ग्रसित मानिसका लागि पनि आल्मुनियम घातक बन्छ । यो हाडको समस्या थप बल्झाउने कारक बन्छ ।

आल्मुनियमको डब्बा प्रयोग गर्नुभएको छ भने त्यसको सट्टा काँचको भाँडा प्रयोग गर्न विज्ञ सुझाउँछन् । यदि आल्मुनियमको फाइलमा बाध्यतावश खाना प्याक गर्नुपरेमा  निकै कम समयका लागि मात्रै गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV