५ माघ २०७४, शुक्रबार

काठमाडौं । रातारात बाघको छालाको कारोबार गरेर धनी हुन खोज्ने एक प्रहरी हवल्दार नै पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले बिहिबार न्यूरोडबाट प्रहरी हवल्दार जनक महरासहित तीन जनालाई पक्राउ गरेको हो।

बैतडीका महेशराज औजी र सुरेन्द्र दयाललाई एउटा बाघको छालासहित प्रहरीले पक्राउ गरेको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत हवल्दार महरा गाउँका साथीहरुसँग मिलेर बाघको छालाको कारोबारमा संलग्न भएका हुन् ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले जिल्ला वन कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV