५ माघ २०७४, शुक्रबार
  • रिया भण्डारी,

काठमाडौं । सरकारको हेलचेक्र्याइका कारण सीमा व्यवस्थापनका क्रममा पर्साको छपकैयास्थित ५० विगाह जमिन भारततर्फ पारिएको भन्दै काठमाडौंमा विरोध गरिएको छ । सरकारको लाचारीकै कारण सीमा मिचिएको ठहर आम नेपालीको छ ।

सीमा व्यवस्थापमा भएको लापरबाहीविरुद्ध राष्ट्रिय स्वाधीनता अभियानले काठमाडौंको माइतीघरमा प्रर्दशन गरेको हो ।

भारतको हेपाह प्रबृत्तिका र नेपाल सरकारको लाचारीका कारण सीमा मिचिएको भन्दै प्रदर्शनकारीले प्रधानमन्त्री र भारतविरुद्ध नाराबाजी गरेका थिए ।

नेपाली भूमि पटक–पटक मिचिदा पनि सरकार गम्भीर नभएको भन्दै प्रदर्शनकारीले उल्टै सीमा मिचिएको छैन भन्नु सरकारको नालायकपन रहेको टिप्पणी गरेका थिए ।

राष्ट्रियताको वकालत गर्दै आएको ग्रेटर नेपालले पनि शुक्रबार नापी विभागमा एक घण्टा धर्नासहित प्रदर्शन गरेको छ । भारतले नेपालको १ हजार ३ सय वर्ग किलोमिटर जमिन मिचेको सीमाविद्को तथ्यांक छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV