५ माघ २०७४, शुक्रबार

बुटवल । रुपन्देहीको बुटवलमा सरकारले पाँच नम्बर प्रदेशको अस्थायी मुकाम  तोकेपछि  सचिवालय स्थापनाको तयारी थालिएका छन्। जिल्ला प्रशासन कार्यालय र भवन डिभिजन कार्यालय रुपन्देहीले उपयुक्त भवनको छनौट गरी कार्यालय व्यवस्थापनको तयारी गरेको हो।

तत्कालनका लागि प्रदेश प्रमुखको सचिवालय, सभास्थल र प्रदेश प्रमुखको निवासको व्यवस्थापन सुरु गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले जानाकारी दिए। भवन डिभिजन रुपन्देहीका प्रमुख सुरेश ठाकुरले प्रदेश प्रमुखको कार्यालय उच्च अदालत, बुटवल इजलासको नजिकै राखिने सम्भाबना रहेको जनाए।

उपयुक्त पार्किङ स्थल रहेको स्थानलाई सभास्थलको रुपमा राखिने छ । प्रदेश प्रमुखको निवासका लागि रामनगरस्थित सीप विकास केन्द्रको भवन प्रयोग गर्ने तयारी भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV