५ माघ २०७४, शुक्रबार

काठमाडौं । रामेछापका दोरम्बा घर भएका टिका थापामगर डिल्लीबजार जेलबाटै फरार भएका छन् । श्रृङखलाबद्ध लुटपाट तथा डकैती मुद्दामा गत पुस २६ गते पक्राउ परेका थापा जेलबाटै फरार भएका हुन् ।

बिहीबार राती उनी डिल्लीबजार कारागारबाट भागेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । प्रहरीकै मिलेमतोमा कैदी भागेको हुनसक्ने भन्दै बिहीबार राती ड्युटीमा रहेका प्रहरीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको एआईजी जयबहादुर चन्दले जानकारी दिए । कैदी भाग्नुको कारणबारे चन्दले भने, ‘चोरी केसमा जोडिएको टिका थापामगर भागेका छन्, जेलभित्र उनीहरुको उद्योग (काम गर्ने ठाउँ) हुन्छ, त्यहाँबाट चेक गरेर भित्र ल्याउँदा चेक राम्रो भएन् ।’

२०७३ पुसमा कौशलटारस्थित बैंकबाट पैसा निकालेर गठ्ठाघरतर्फ जाँदै गरेकी मन्दिरा अधिकारीको ६ लाख नगद लुटेपछि महानगरीय अपराध महाशाखाले थापालाई पक्राउ गरेर मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV