५ माघ २०७४, शुक्रबार

काठमाडौं । फिल्म ‘अधकट्टी’ निर्देशन गरेका रंग पत्रकार सुव्रतराज आचार्यले अभिनेता सलोन बस्नेत र नायिका सारालाई लिएर
नयाँ फिल्म बनाउँदै छन् । त्यस फिल्मको नाम ‘सुश्री सम्पत्ती’ राखिएको छ ।

सामाजिक कमेडी कथामा बन्न लागेको यो फिल्मको लागि अभिनेता सलोन बस्नेत र नायिका सारा अनुबन्ध गरिएको जनाईएको छ ।
फिल्ममा सलोन बस्नेत र सारासँगै विनोद न्यौपाने, प्रमोद अग्रहरि, विशारद बस्नेत, राजाराम पौडेल, प्रेमबर्षा खड्का र रोशनी कार्कीको मुख्य भूमिका रहनेछ ।

फिल्ममा अर्जुन तिवारीको छायांकन, सुरेश अधिकारीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछभने फिल्मलाई पोखराको विभिन्न मनोरम दृश्यहरुमा छायाङकन गरिने निर्देशन आचार्यले जानकारी गराएका छन् । फिल्मलाई रमेश त्वयनाले निर्माण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV