५ माघ २०७४, शुक्रबार

अक्षय कुमार र रजनीकांतको मूख्य अभिनय रहेको फिल्म ‘2.0’ रिलीज भन्दा अघि नै चर्चामा रहेको छ ।

खवर अनुसार डिस्ट्रीब्यूशन राइट्समा अक्षयको फिल्मले ‘बाहुबली २’ को समेत रेकर्ड तोड्न सफल भएको छ ।’2.0′ ले केरल डिस्ट्रिब्यूशन राइट्स लाई करीब १६ करोड़ रुपैयाँमा बेचेको छ जवकि बाहुबली २ को १०.५ करोडमा बेचीएको थियो । यसकारण पनि अक्षयको फिल्म ‘2.0’ बाहुबली २ भन्दा अगाडी बढेर भारतको सबै भन्दा महंगो फिल्म बन्न सफल भएको छ ।

सबैभन्दा महंगो फिल्म भनेर चर्चा कमाएको ‘2.0’ फिल्म करीब ४५० करोड़ रुपैयाँको लागतमा बनेको हो। फिल्मको यती ठूलो बजेटको कारण पनि बलिउडका अन्य प्रोड्युसरहरु हैरान भएका छन् । बिज्ञको अनुसार यो फिल्म यती महंगो हुनुमा यसमा उत्कृष्ट गुणस्तर र महंगो भी एफ एक्स (VFX)प्रयोग गरीएको छ । फिल्म ‘2.0’ १३ अप्रिलमा रिलीज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV