५ माघ २०७४, शुक्रबार

काठमाडौं। कृषि विकास बैकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले सरकारी स्वामित्वका बैकहरुले पुरानो सोच र मानसिकता छोडेर प्रतिष्पर्धी बैकको रुपमा अघि बढेको बताउनु भयो ।

उहाँले सरकारी र्बैकहरु निजी बैकहरुसँग प्रतिस्पर्धा गर्न सक्ने भइसकेको बताउनु भयो । न्यूज २४ टेलिभिजनको नियमित आर्थिक कार्यक्रम बिज टकमा कुराकानी गदै कृषि विकास बैकले निजी बैकहरुसँग प्रतिस्पर्धामा गर्न तयार रहेको बताउनु भयो । उहाँले निजी बैकहरुलार्इै चुनौती दिदै सरकारी बैकले निजी बैकले भन्दा बढी गुणस्तरिय सेवा दिन सक्ने बताउनु भयो ।

कृषि बिकास बैकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले मुलुकको सिस्टममा तरलता देखिए पनि बैकहरुमा लगानीयोग्य रकम रहेको खुलासा गर्नु भयो ।बैकहरुले कर्जा प्रवाहलाई सरल बनाउदै लैजानु पर्ने बताउदै उहाँले कृषि विकास बैक पुर्णरुपमा बाणिज्य बैकमा परिणत भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV