५ माघ २०७४, शुक्रबार

एजेन्सी । हरेक फलफूल त्यसको सिजन अनुसार पाइन्छ । त्यस्तै अम्बा भने जाडो मौसममा पाइने फलफूल हो। अम्बामा  प्रोटिन, भिटामिन, मिनरल्स तथा फाइबर पाइन्छन्  ।

अम्बामा कम क्यालोरी र कम चिनी हुन्छ । त्यसैले यसले तौल घटाउन मदत गर्छ जसका लागि दिनको एउटा अम्बा खाँदा फाइदा हुन्छ । भारतको आयुर्वेदिक विश्वविद्यालयका डा. अरुण दधीचबताले अम्बाको अचार वा जुस बनाएर खाँदा पिउँदा पनि फाइदा हुने कुरा बताएको छ ।

अम्बाको सेवन गर्दा  मधुमेहका विरामीको लागि समेत निकै फाइदाजनक मानिन्छ  । पाकेको अम्बा खाएपश्चात्त मनतातो पानीको सेवनले ज्वरोबाट छुटकारा पाइन्छ । यसलाई मनतातो पानीमा उमालेर पिउनाले गिजाको सुजन तथा दातको दुखाईबाट राहत प्रदान गर्छ । पत्ताले झाडापखाला फैलाउने व्याक्टेरियालाई रोक्ने , रतन्दो तथा मोतियाविन्दु हुनबाट आखालाई बचाउँन सहयोग गर्छ।

अम्बाको सेवनले अनुहारको चाउरीपना कम हुनुका साथै अनुहार कालो हुनबाट जोगाउँछ । अम्बाको पत्ता चपाउनाले मात्र पनि मदिराको ह्याङओभर कम गर्न तथा नशा कम गर्न मद्दत मिल्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV