५ माघ २०७४, शुक्रबार

प्रहरी निरीक्षक राजकिशोर साहको टोली राउतलाई पक्राउ गरेको हो । शुक्रवार मधेस बलिदानी दिवस रहेकाले राउतले राष्ट्रिय अखण्डता विरोधी कार्यक्रम गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरी शुक्रबार बिहानै उनलाई पक्राउ गरेको हो ।

मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोको सम्झनामा हरेक वर्ष माघ ५ लाई ‘मधेस बलिदानी दिवस’ का रुपमा मनाइँदै आएको छ । सो दिवसमा अवसरमा राउतले गतवर्ष जस्तै कार्यक्रम गर्न सक्ने अवस्थालाई मध्यनगर गर्दै प्रहरी पक्राउ गर्न पुगेको बताइएको छ ।

गतवर्ष बलिदानी दिवसमा उनले प्रहरीलाई झुक्याउँदै सिरहामा कार्यक्रम गरेर विखण्डनकारी अभिव्यक्ति दिएका थिए भने सोहि आधारमा पक्राउ समेत परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV