५ माघ २०७४, शुक्रबार

काठमाडौं । काठमाडौंको न्यूरोडबाट चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेको छ । न्यूरोड भूगोल पार्कबाट २५ वर्षीय महेशराज औजी, ३४ वर्षीय जनक महरा र २५ वर्षीय सुरेन्द्र दयाललाई पक्रउ गरेको हो ।

उनीहरुमाथि शंका लागेपछि प्रहरीले चेकजाँच गर्दा झोलाभित्र बोरामा प्याक गरेको अवस्थामा चितुवाको छाला भेटाएको थियो ।
उनीहरुमाथि थप अनुसन्धान र कारबाहीका लागि जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV