५ माघ २०७४, शुक्रबार

लिभर अर्थात् कलेजो क्यान्सरको पहिलो चरणमै धेरै लक्षणहरु देखिन्छन् । यदि, यी लक्षणहरुलाई ध्यान दिएर समयमै चिकित्सक कहाँ पुगे, ठिक गर्न पनि सकिन्छ । कस्ता व्यक्तिलाई लिभर क्यान्सर हुने खतरा हुन्छ ? जान्नुहोस् ।

१. बढी मदिरा सेवन गर्ने – मदिरा बढी सेवन गर्नाले ‘लिभर सिरोसिस’ नामक रोग हुनसक्छ, जुन क्यान्सरमा परिवर्तन हुन्छ ।

२. हेपाटाइटिसका बिरामी – हेपाटाइटिस-बी र सीका कारण कलेजो बढी खराब हुनसक्छ, जुन क्यान्सर पनि हुनसक्छ ।

३. मृगौलाका रोगी – डाइलोसिस गर्ने व्यक्तिलाई संक्रमणका कारण कलेजो क्यान्सरको खतरा बढेर जान्छ ।

४. मधुमेहका रोगी- मधुमेहका कारण ‘नन अल्कोहलिक फ्याटी लिभर’ नामक रोगको शिकार हुन पुग्छ, जुन क्यान्सरको कारण बन्न सक्छ ।

५. बढी मोटोपन भएका- मोटोपनका कारण कलेजोमा बासो बढ्छ, जसबाट क्यान्सर हुने सम्भावना बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV