५ माघ २०७४, शुक्रबार

काठमाडौं । हिजो बिहिबार निर्वाचन पछि पहिलो पटक वसेको काँग्रेसको वैठकमा नेतृत्वको चर्को आलोचना भएपछि आज पनि बैठक बस्ने भएको छ ।

राष्ट्रियसभा सदस्यको उम्मेद्धार चयनका लागि डाकिएको वैठकमा मूल विषयमा छलफल नसकिने सकिएको थियो ।  नेताहरुले निर्वाचन पराजयको विषय पनि उठान गरेपछि मूल विषयको छलफल नसकिएको हो । विहिबार बोल्ने अधिकाँश सदस्यहरुले सभापति देउवा विधान विपरित चलेको भन्दै आपत्ति जनाए ।

विहिवारको वैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको समुह देउवामाथि खनिएका थिए। राष्ट्रिय सभाको उम्मेवार छनौटका विषयमा वोलाएको वैठक शुक्रवार आज सकिने छ । निर्वाचनको समिक्षाको लागि राष्ट्रियसभा सदस्यको निर्वाचन पश्चात् वैठक पुन वस्ने प्रवक्ता विश्व प्रकाश शर्माले वताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV