५ माघ २०७४, शुक्रबार

काठमाडौँ । अहिले सामाजि सञ्जालमा बलिउड नायिका प्रियंका चोपडालाई न्युयोर्कको सडकमा एक पुरुषले चुम्बन गरेको फोटो भाइरल भइरहेको छ । कति अनलाइन मिडियाहरुले खुला सडकमै प्रियंकालाई एक युवकले चुम्बन गरे भन्दै लेखिरहेका छन् ।

के प्रियंकालाई ती युवकले बिच सडकमै चुम्बन गरेको हुन त ?  जसले जे भने नि यो दृष्य रियल भने होइन । हलिउड सिरियल ‘क्वान्टिको -३’ का लागि खिचिएको हो । उक्त सिरियलमा एलन पावेलले प्रियंकालाई चुम्बन गरेका हुन । उक्त दृष्यमा प्रियंका कालो रङको लामो ड्रेसमा छिन् भने एलन कोट पाइन्टमा छन् ।

‘क्वान्टिको’को पहिलो सिजन २७ सेप्टेम्बर २०१५ देखि १५ मे २०१६ सम्म चलेको थियो । दोस्रो सिजन २५ सेप्टेम्बर २०१६ देखि १५ मे २०१७ सम्म चलेको थियो । दुवै सिरिज २२(२२ एपिसोड प्रदर्शन भएको थियो । तेस्रो श्रृङ्खला जम्मा १३ भागको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV