५ माघ २०७४, शुक्रबार

एजेन्सी। कतै घुम्न जादा होस या कुनै साथिसँग भेट हुदा होस हामी सेन्फी खिचेर फेसबुकमा पोस्ट गर्ने गर्छै । फेसबुक प्रयोग बढेसँगै सल्फीको लोकप्रियता पनि बढेको छ । हामी फेसबुककै लागि भए पनि सेल्फी खिच्ने गर्छै र आफ्नो फेसबुक वालमा पोस्ट गर्छै ।

सेल्फीको लोकप्रिउता बढ्दै गर्दा कतिपय मोबाइल उत्पादक कम्पनीले सेल्फीलाई नै ध्यानमा राखेर आफ्ना मोबाइल उत्पादन गर्दै आएका छन् । हामीले सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्न सामन्य ठान्छै तर क्यानाडामा प्रहरीले फेसबुकमा पोस्ट गरिएको एउटा सेल्फीको मद्दतले हत्यारा पत्ता लगाएको छ । शायेन एन्टोनी नाम गरेकी एक युवतीले पोस्ट गरेको सेल्फीको मद्दतबाट प्रहरीले हत्यारा पहिचान गरेको हो ।

सन् २०१४ मा एन्टोनीकी साथी ब्रिटनी गैरगोलको हत्या भएको थियो । अदालतले ब्रिटनीको हत्यामा उनकै साथी शायेनलाई दोषी ठहर गरेको छ ।  प्रहरीका अनुसार ब्रिटनी बेपत्ता हुनु एक दिनअघि शायेनले फेसबुकमा पोस्ट गरेको सेल्फीमा अनुसन्धान केन्द्रीत गरिएको थियो । उक्त सेल्फीमा दुवैजना थिए ।

प्रहरीको ध्यान एउटै कुरामा केन्द्रीत थियो, सेल्फीमा शायेनले लगाएको बेल्ट ब्रिटनीको शवसँगै बरामद भएको थियो । लामो अनुसन्धानपछि प्रहरीले ब्रिटनीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । ब्रिटनीले अन्ततः हत्या आफूले नै गरेको स्वीकार गरेकी हुन् । केही कुरामा आफूहरुबीच विवाद भएको र आफूले घाँटी थिचेर ब्रिटनीको हत्या गरेको बयान उनले दिइन् । सोही आधारमा अदालतले उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV