५ माघ २०७४, शुक्रबार

विकासको क्रमसँगै मानिसका दैनिक व्यवहार र काम गराइमा पनि फरकपन आउन थालेको छ । हाम्रो पुरानो बानी सम्झने हो भने हामी खाना खानका लागि जमिनमा पलेटी कसेर बस्थ्यौ । यसरी जमिनमा बसेर खाना खाँदा हाम्रो शरिरलाई फाइदा गर्ने कुरा स्वास्थ्य विशेषज्ञहरूले बताउन थालेका छन् ।

जमिनमा बसेर खाना खाँदा एक विशेष योगाशनमा हामी बस्ने गर्छौ जसलाई सुखासन भनिन्छ । सुखासन पद्माशनको एक रूप हो । सुखासनमा बस्दा पद्माशनमा बस्दा हुने फाइदाहरू नै हुने योगा गुरूहरू बताउँछन् ।

जमिनमा बसेर खाना खाँदा के-के फाइदा हुन्छन् त ? 

– जमिनमा बसेर खाना खाँदा सहज रूपमा खाना खान सकिन्छ
– सुखाशनले शरिरभरी समान रूपले रक्तसञ्चार गर्न मद्धत गर्छ
– यसरी बसेर खाँदा मोटोपन, अपच, कब्जियत, एसिडिटी तथा अन्य केही पेट सम्बन्धी बिमारीलाई पनि केही कम गर्छ ।
– जमिनमा सुखासनमा बसेर खाना खाँदा मनको एकाग्रतामा बृद्धि हुन्छ
– यसले हाम्रो छाती र खुट्टालाई बलियो बनाउँछ
– यो आशनमा बस्दा मानसिक तनावबाट पनि मुक्ति पाउनुका साथै मनमा सकारात्मक विचार आउँछन्

प्रतिक्रिया दिनुहोस्

LIVE TV