५ माघ २०७४, शुक्रबार

काठमाडौँ । कोपा डेल रे फुटबल अन्तरगत खेलमा रियल मड्रिडले लेगानेजलाई पराजित गरेको छ । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना मैदानमा उत्रेको रियल १- ० गोलअन्तरले विजयी भएको हो ।

मड्रिडले गएराती भएको क्वाटरफाईनल पहिलो लेगको खेलमा लेगानेजलाई उसैको घरेलु मैदानमा हराएको हो ।पहिलो हाफमा गोलरहित बरबरीमा खेल सकिएको थियो । खेल सकिन एक मिनेट मात्रै बाँकी हुदा रियाल मड्रिडलाका मार्को एसेन्सियोले निर्याण गोल गरे।

जितपछि रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले यो जित जारी सिजनको लागि टर्निङ प्वाईन्ट हुने बताए ।
रियाल मड्रिड र लेगानेजविचको क्वाटरफाईनल दोस्रो लेगको खेल जनवरी २५ तारिखमा रियाल मड्रिडको मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV