४ माघ २०७४, बिहीबार
  • नबिन केसी,

अर्घाखाँची । वैदेशिक रोजगारीको क्रममा अष्टे«लिया पुगेका अर्घाखाँचीवासीले खाजा खर्च कटाएर जिल्लाका विपन्न बिद्यार्थीलाई सहयोग गरेका छन् । उनीहरुले संस्था नै स्थापना गरेर जिल्लाका विपन्न विद्यार्थीलाई सहयोग गरेका हुन ।

अष्ट्रेलिया बसोबास गरिरहेका अर्घाखाँचीवासीले नेनाज नामक फाउण्डेशन स्थापना गरेका छन् । सोही फाण्डेशनले मालारानी गाउँपालिका वडा नम्वर पाँचका सात वटा बिद्यायलयका आठ जना बिद्ययार्थीलाई छात्रबृद्धि प्रदान गरेको छ ।

तीन–तीन महिनामा बर्षको चारपटक गरि प्रति बिद्यार्थीलाई दश हजार रकम प्रदान गरिने फाउण्डेशनले जानकारी दिएको छ । आफुहरुले खाजा खर्च कटाएर जिल्लाका विपन्न बिद्यार्थीलाई सहयोग गरिरहेको सचिब नारायण पन्थीले जानकारी दिनु भयो ।

विदेशमा बसे पनि आफ्नो जन्मथलो सम्झेर युवाहरुले राम्रो काम गरेको भन्दै स्थानीयवासीले नेनाज फाउण्डेशनका सदस्यहरुको प्रसंसा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV