४ माघ २०७४, बिहीबार

काठमाडौं । युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले विहीवार १४ औं तेक्वान्दो राष्ट्रिय खेलको उद्घाटन गर्नुभयो । सातदोबाटो स्थित तेक्वान्दो हलमा खेलको उद्घाटन गर्दै उहाँले अन्तर्राष्ट्रिय पदकमा आशा गर्ने खेल तेक्वान्दो नै रहेको र यसको विकासका लागि खेलकुद परिषद्को ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले खेलकुद मन्त्रालयको प्राथमिकता यो खेलका परेको बताउँदै आगामी साफ गेमको लागि भौतिक पूर्वाधारको लागि बजेटको व्यवस्था गरिएको बताउनुभयो ।

उक्त अवसरमा नेपाल तेक्वान्दो संघका महासचिव तथा उपाध्यक्षहरुको उपस्थित थियो साथै तेक्वान्दो संघ प्रदेश नं ३ का अध्यक्ष केशब पुरी, उपाध्यक्ष प्रकाश खड्गी लगायतका खेलाडी प्रशिक्षकहरू तथा दर्शकहरुको उपस्थिति थियो उक्त टुर्नामेन्ट माघ ४ गते सुरु भई ६ गते समापन हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV