४ माघ २०७४, बिहीबार

काठमाडौँ । आगामी फागुन २६ गते काठमाडौँको टुँडिखेलमा हुने भनिएको सलमान खानको ‘दबङ द टुर नेपाल’को बारेमा उनका भाइ सोहेल खानले भोलि शुक्रबार सोल्टी होटलमा पत्रकार सम्मेलन गर्ने आयोजक ‌ओडिसी इन्टरटेनमेन्टले जनाएको छ।

फागुनमा हुने भनिएको यो कार्यक्रममा सलमानलाई सोनाक्षी सिन्‍हाले साथ दिनेछिन् ।

त्यसैगरी कोरियोग्राफर तथा अभिनेता प्रभु देवा पनि उनीसँगै काठमाडौँ आउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV