४ माघ २०७४, बिहीबार

काठमाडौं । तामाङ समुदायले बिहीबार २८५४ औं सोनाम ल्होछार पर्व मनाएका छन । नेपालको उच्च पहाडी र पहाडी भेगमा बसोवास गर्ने तामाङ समूदायले कूल र प्रकृतिको पूजा गरी नाचगानसहित हर्षोल्लासका साथ नयाँ बर्ष मनाएका हुन् ।

मञ्जुश्री पात्रोअनुसार आजबाट कुकुर बर्ष सुरु भएको छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुँगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरी मनाउने प्रचलन छ ।

ल्होछारका दिन छोरीचेलीलाई निम्त्याएर टीका लगाइदिने चलन पनि छ । तीन नम्बर प्रदेशका तामाङ बाहुल्य क्षेत्रमा यो पर्व धुमधामसँग मनाइन्छ । यो वर्षको सोनाम ल्होछारको तिथि विवादले तामाङ समुदायमा अन्योल छाएपनि अधिकांशले बिहीबार नै यो पर्व बनाएका हुन् । केही तामाङ सम्बद्ध संघ–संस्थाले यो पर्व फागुन ४ गते मनाउनु पर्ने बताउँदै आएका छन् ।

तर, धादिङको रुवीभ्याली गाउँपालिकामा आयोजित कार्यक्रममान नेपाल तामाङ घेदुङका राष्ट्रिय सल्लाहकार बुद्धिमान तामाङले पर्व मनाउने विषयमा विवाद गर्न नहुने बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV