४ माघ २०७४, बिहीबार

मोरङ । बाक्लो हुस्सु र कुहिरोका कारण विराटनगर विमानस्थलबाट दोश्रो पटक सबै हवाई उडान रद्द भएको छ ।

यसअघि पुष २६ गते यस वर्षको हिउद मौसममा पहिलो पटक सबै हवाई उडान रद्द भएको थियो ।

विराटनगरबाट दैनिक करिब १३ वटा उडानबाट ७ सय हवाई यात्रुहरु राजधानी काठमाडौं जाने गरेका छन् ।

हवाई उडान रद्द भएपछि उनीहरु विमानस्थल पुगेर फर्किएका थिए भने केही यात्रुहरु भने महंगो सवारी भाडा लिएर राजधानी तर्फ गएका छन् ।

सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी चाहिनेमा बाक्लो कुहिरोका कारण बिहीवार ७ सय मिटर मात्र भिजिबिलिटी रहेको नेपाल नागरिक उड्डयन कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV