४ माघ २०७४, बिहीबार

एजेन्स्सी । चिनिया सोसल मिडिया विवोमा नयाँ वर्षको अघिल्लो दिन हंगामा मचियो । जापानी अभिनेतृ तथा पूर्व पोर्न स्टार सोरा ओईले विवाहको घोषणा गर्दै फोटो अपलोड गरेपछि चीनमा हंगामा मचिएको हो ।

उनले आफ्नो इन्गेजमेन्टको फोटो विवोमा हाल्दै आफ्ना फ्यानहरुलाई खुसीको खबर सुनाएकी थिइन् । उनको फोटोलाई केही घण्टामै चीनमा १ लाख ७० हजारभन्दा बढीले कमेन्ट गरे भने ८ लाख ३० हजार भन्दा बढिले लाइक गरे ।

त्यतिमात्रै होइन, एक शुभचिन्तकले लेखे, ‘हामी तपाईंको फिल्म हेर्दै हुर्के, बढेका हौँ । हामी अब पनि सधैँको जस्तै सपोर्ट गर्छौं ।’ अर्का एक फ्यानले लेखे, ‘हाम्रोलागि तपाईं देवी सरह हुनुहुन्छ, हामी तपाईंको खुसीको कामना गछौँ ।’

यसरी शुभकामना दिने र शुभेक्षा प्रकट गर्ने अधिकांश चिनिया युवाहरु नै थिए । युवाहरु नै किन बढी उत्साही भए भन्ने लाग्न सक्छ । किनकी उनीहरुको जीवनमा सोराले एक किसिमले अहम भूमिका खेलेकि थिइन् ।

सन् २००० को सुरुवाती समयबाटै सोराले पोर्नोग्राफी सुरु गरेकि थिइन् । उनले ९० भन्दा बढि पोर्न फिल्ममा काम गरेको बताइन्छ । सन् २००३ देखि २००५ भित्र करिब हरेक महिना उनका नयाँ फिल्म रिलिज हुन्थे । ती सबै एडल्ट फिल्म थिए ।

चीनमा पोर्नोग्राफी प्रतिबन्धित छ । यसको बाबजुद पनि जापानी पोर्नस्टार चीनका युवामाझ निक्कै लोकप्रिय छिन् । एक २७ वर्षीय युवा लिउ कियाङ (नाम परिवर्तन) ले बताए, ‘धेरै चिनियाहरुको युवा अवस्थामा सही तरिकाले यौन शिक्षा प्राप्त गर्न सम्भव थिएन । त्यही बेला सोरा ओई हाम्रो शिक्षक बनेर आएकी थिइन् ।’

चीनमा त्यतिबेलै इन्टरनेटको व्यापक विस्तार भएको थियो भने अनलाईन पोर्टलहरु खुलेका थिए । ती इन्टरनेटसँगसम्बन्धित वेभपेजहरुले चोरी चोरी पोर्न सामग्री पनि हाल्ने गर्थे । लिउ भन्छन्, हाइस्कुल पढ्दा साथीहरुसँग लुकी लुकी एमपीफोर प्लेयरमा सोराका पोर्न भिडियो हेथ्र्यौँ, पछि इन्टरनेट आएपछि त्यो सहज भयो ।

चाइनिज युनिभर्सिटी अफ हङकङको जापानी अध्ययन विभागका प्रोफेसर वाई मिङ एनजी भन्छन्, ‘सोरा ओई ठिक समयमा चीनमा चर्चामा आइन् जुन बेला चीन बाहिरी दुनियाकालागि आफ्नो ढोका खुल्ला गर्दै थियो । सोही समय सोरा चीनमा लोकप्रिय बनिन् ।’

चीनमा यौन शिक्षा सीमित छ । धेरै आमाबाबु अहिले पनि आफ्ना बालबच्चालाई यौनको बारेमा खुलेर भन्न लजाउँछन् । यो अवस्थामा सेक्सको बारेमा जानकारी लिने प्रम्ख माध्यम पोर्न फिल्म नै हुन् ।त्यसैले पनि चिनिया युवाहरु सोरा ओईलाई आफ्नो यौन गुरु मान्छन् ।

उनीहरुले जे जति यौनको बारेमा सिकेका छन् सोराबाटै सिकेका छन् । पोर्न फिल्म हेर्ने बानीले कतिपय कुलतमा समेत फसेका छन् ।

तर सही तरिकाले हेर्नेले ज्ञान नै लिएको अधिकांश विद्वानहरुको बुझाइ छ । त्यसैले पनि सोरा चीनमा लोकप्रिय मात्रै बनिन्, यौन सिकाउने गुरु पनि बनिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV