४ माघ २०७४, बिहीबार

– यादव देवकोटा / लिस्बोन , पोर्तुगल

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाइ उल्लासपुर्ण रुपमा नेपालमा मात्र मनाइएन बिदेशिएका नेपालीहरुले पनि उत्साहपूर्ण रुपमा मनाए। त्यसोत पोर्तुगलको राजधानी लिस्वनमा राप्रपा पोर्तुगलको आयोजनामा एक अनौपचारिक कार्यक्रमका बीच पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस उल्लासपुर्ण रुपमा सम्पन्न भयो।

कार्यक्रममा केहि पोर्तुगिज नागरिकहरुको पनि सहभागिता थियो । नेपालको इतिहाँस संग भित्रै देखि चासो राख्ने केहि त्यस्ता नागरिकहरुले पनि कार्यक्रममा उपस्थिति जनाएका थिए ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । उहाँले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नुभएको थियो । यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।

२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२/०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने वर्षेनी हुने गरेका थिए । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यसपटक भने सरकारले सार्वजनिक बिदा दिएको थियो ।

कार्यक्रममा पोर्तुगलका अबैतनिक बाणिज्य दुत मकर हमालले राज्यले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय दिवस घोषणा गर्दै यस बर्ष बाट सार्वजनिक बिदा दिने निर्णय पछि राज्यका निकाय हरुले पनि आफ्नो ठाउँ बाट विभिन्न कार्यक्रम गरि मनाउन पर्नेमा जोड दिनुभयो। त्यस्तै एन आर एन ए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले सम्पूर्ण नेपालीहरु लाई पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको शुभकामना दिदै आगामी बर्षहरुमा एन आर एन पोर्तुगल लगायतका सम्पूर्ण संस्थाहरु बीच हातेमालो गर्दै कार्यक्रम आयोजना गरिने जानकारी गराउनु भयो।

नेपालमा यहि दिबसको बिषयलाई लिएर जनजातिको प्रतिनिधित्व गर्दै आङ्काजि शेर्पाले बिरोध स्वरूप जात्रा देखाइरहदा पर्यटन दुत रमेशकुमार गुरुङले भने पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसले आम नेपाली एकताको सुत्रमा बाधिएर पृथ्वीनारायण शाहले देखाएको बाटोमा हिड्न सकेमानै सबैको भलो हुने बताउनुभयो ।

पोर्तुगिस अधिबक्ता डा. मोनिका सिमनले पोर्तुगलमा बसोबास गर्ने नेपाली दाजुभाइ, दिदिबहिनीहरुलाई कानुनी अड्चन, कानुनी साहयताको वारेमा सधैं आफ्नो साथ रहने बताउनु भयो । राप्रपा पोर्तुगलका अध्यक्ष दिपक शर्मा र Brilhante Himalaya Associacao Cultural Portugal का अध्यक्ष तथा राप्रपा पोर्तुगलका संरक्षक रमेशराज बास्तोलाले कार्यक्रमको वारेमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV