४ माघ २०७४, बिहीबार

डोटी। सरकारले ७ नम्बर प्रदेशको अस्थायी मुकाम धनगढी तोकेपछि आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीको डोटी जिल्ला कार्यालयमा कालोझन्डा राखेका छन् । पार्टीको झन्डा हटाएर बिहीबार कालोझन्डा राखिएको हो ।

कांग्रेसकै सभापति प्रधानमन्त्री भएकाबेला दिपायल अस्थायी राजधानी नबनाएको आक्रोशमा कालोझन्डा राखेको आन्दोलनकारीहरुले जनाएका छन् ।

बिहीबारै सो कार्यालय परिसरमै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र देउवा पत्नी आरजु राणा देउवाको पुत्ला बनाएर बजार परिक्रमा गर्दै दहन गरिएको छ ।

यसअघि, बुधबार कांग्रेस डोटीको जिल्ला कार्यसमिति सदस्यहरुले सामूहिकरुपमा पार्टीको सदस्यता त्यागेका घोषणा गरेका थिए ।

यस्तै, जिल्लाका विभिन्न ठाउँमा जारी आन्दोलन तथा प्रदर्शनहरुमा देउवा दम्पतीको पुत्लादहन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV