४ माघ २०७४, बिहीबार

लन्डन । साउथ इष्ट रिजनल तमुधिं लन्डन इकाईले. प्लमस्टिडस्थित एसियन कम्युनिटी सेन्टरमा आयोजना गरेको १५ औं ल्होछार कार्यक्रममा चर्चित गायिका मेलिना राईले दर्शकलाई भरपुर मनोरञ्जन गरेकी छन् । ल्होछार को मुख्य आकर्षण रहेकी गायिका मेलिना राईले आफ्नो अत्याधिक मन पराइएका गीतहरु कुटुमा कुटु,मनको केही हुन्न भर, छल छल छल्क्यो पानी, चरी जस्तो उड्न पाए, शिरैमा शिरबन्दी, छपक्कै फूल फुल्यो, जस्ता आफ्ना कयौं हिट गीत प्रस्तुत गर्दै दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएकी थिइन ।

कार्यक्रममा चर्चित गायक नरजंग गुरुङको सालेजो गीतमा पाका, तन्नेरी सबै झुमेर नाचे, मौसमी गुरुङको गायन पनि कम थिएन। स्थानीय कलाकारहरु यमु गुरुङ, मुना गुरुङ, शशी गुरुङ लगायतले पनि आफ्नो कला प्रस्तुत गरेका थिए । इकाईको आमा समूहले पनि आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

इकाईका महासचिव हयारी गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथी ग्रीनवीच बरोका पूर्व मेयर काउन्सिलर नोर्मन आडम, विशेष अतिथी लन्डनस्थित नेपाली दूतावासका अटयाची तेजेन्द्र रेग्मी, एनआरएनए यूके उपाध्यक्ष पुनम गुरुङ, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ लगायतले ल्होछार शुभकामना दिंदै इकाईको सामाजिक, सांस्कृतिक तथा समुदायमा अन्य योगदानको प्रशंसा गरे ।

कार्यक्रमको अध्यक्षता गरेका इकाई अध्यक्ष श्रीचन्द्र गुरुङले श्रीचन्द्र गुरुङले शुभकामना दिंदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उक्त अवसरमा उपाध्यक्ष सुमन गुरुङले स्वागत मन्तव्य दिए भने कार्यक्रम संयोजक सूर्य गुरुङले ल्होछार महत्वबारे प्रकाश पारे ।

कार्यक्रममा एनआरएनए आइसीसी अनररी काउन्सिल सदस्य समाजसेवी मोहन गुरुङ, धर्म गुरु गुप्ती लामा, साफा डिभिजनल सेक्रेटरी गेरी आर्मस्ट्रङ, टेरेसा ओनिल, स्टेफेन ब्राउन, बुद्ध फाउण्डेशन यूके अध्यक्ष दीपक श्रेष्ठ, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगीमगर, एनआरएनए यूके पूर्व अध्यक्ष मुछेत्र गुरुङ, पासा पुच गुठी साउथ इष्ट लन्डन अध्यक्ष सुशील प्रजापति, एनआरएनए यूके उपाध्यक्ष ललित न्यौपाने एनआरएन युकेका पूर्व उपाध्यक्ष हिरा धन राई, कुमार श्रेष्ठ, व्यवसायी नरेन्द्र कंडेल, पशुपति मन्दिर कमिटीका सहदेव गिरी, अर्कराज तिम्सिना, तमुधिं यूके पूर्व अध्यक्षहरु सुवसिं गुरुङ, कमल गुरुङ लगायत सयौं सहभागी थिए ।

इकाईले एनआरएनएमा हालै मनोनित एनआरएनए आइसीसी अनररी काउन्सिल सदस्य एवं इकाईका सल्लाहकार समाजसेवी मोहन गुरुङ, एनआरएनए यूके उपाध्यक्षहरु ललित न्यौपाने, पुनम गुरुङ, उत्कृष्ट तमु पोशाक लगाउने स साना बालबालिका र आजीवन सदस्यहरुलाई विशेष सम्मान गरेको थियो ।

लण्डनबाट शिब भण्डारीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

LIVE TV