४ माघ २०७४, बिहीबार

पुल इ खुम्री । अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको साहाबुदिन जिल्लामा भएको एक सुरक्षा कारबाहीमा वरिष्ठ कमाण्डर मुल्लाह जलालसहित आठ आतङ्ककारी मारिएका छन् ।

गत केही दिनयता जारी रहेको सुरक्षा कारबाहीको क्रममा वरिष्ठ कमाण्डरसहित आठ आतङ्ककारी मारिएका प्रान्तीय प्रहरी प्रमुख इक्रामुदिन सरीले बिहीबार बताउनु भएको छ ।

यस कारबाहीको क्रममा तालिवानको कब्जा रहेका तीन गाउँलेलाई पनि रिहा गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

बाघलान प्रान्तको साहाबुदिन जिल्लामा यस सुरक्षा कारबाही आतङ्ककारीहरुको अन्त्य नभएसम्म जारी रहने सरीले बताउनु भएको छ ।

यस कारबाहीको विषयमा हालसम्म तालिबान आतङ्ककारी समूहको तर्फबाट भने कुनै टिप्पणी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV