४ माघ २०७४, बिहीबार

काठमाडौँ । नेकपा माओवादी केन्द्र का प्रवक्ता पम्फा भुसालले नेकपा एमालेसंगको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताउनुभएको छ ।

एमालेसँग चाँडो एकता हुने तयारी भइरहेको बताउनुभयो । दुवै पार्टीबीच एकता भएपछि दुवै दलका नेताहरु एउटै पार्टीको हुने भएकाले पार्टी अध्यक्ष र प्रधानमन्त्री जो भए पनि एउटै पार्टीका नेता हुने विचार व्यक्त गर्नुभयो । दुवै दलका अध्यक्षलाई पार्टी एकता गर्न दिइएको जिम्मेवारी अब चाँडै पूरा हुने उहाँको भनाइ थियो ।

मुलुकलाई स्थायित्व र समृद्धितर्फ लैजाने उद्देश्यले चुनावअगावै निर्माण गरिएको वाम गठबन्धन कसैले चाहेर पनि फुटाउन नसक्ने बताउँदै नेत्री भुसालले भन्नुभयो, “जनताले दुवै दलका नेतालाई वाम एकता गर्न जनादेश दिएका हुन्, जनादेशअनुसार एकता र सरकार गठन हुन्छ ।”

सरकारले प्रदेशको अस्थायी मुकाम र प्रमुख तोक्ने विषयमा आफ्नो दलसँग कुनै पनि छलफल नगरेकोे बताउँदै उहाँले जनताले आवश्यक देखेमा दुई तिहाइको प्रक्रियाबाट मुकाम परिवर्तन गर्नसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV