४ माघ २०७४, बिहीबार

एजेन्सी । अभिनेता ऋतिक रोशनले वर्ष २०१४ मा पत्नी सुजैन खानलाई डिभोर्स दिएका थिए । बैबाहिक सम्बन्धलाई औपचारिक रुपमा टुङ्ग्याएपनि आफ्ना दुई बच्चाका लागि भने ऋतिक र सुजैन दुवैले सँधै समय निकाल्दै आइरहेका छन् ।

अब खबर यो छ कि ऋतिक चाँडै विवाह गर्दैछन् । सुजैनलाई डिभोर्स दिएपछि ऋतिकको जीवनमा निकै ठूलो उतार(चढाव आयो ।

तर, ऋतिककी दुलहीको नाम सुनेपछि तपाईहरु एकपटक आश्चर्यमा पर्नुहुन्छ । खबरअनुसार, ऋतिक अरुसँग होइन, पूर्वपत्नी सुजेन खानसँग नै फेरि विवाह गर्दैछन् ।

पछिल्लो केही दिनयता यी दुई बीचको बोन्डिङले सबैलाई हैरान बनाएको छ । डिभोर्स भएपनि ऋतिक र सुजैन सँगै विदेशमा छुट्टी मनाइरहेका हुन्छन् ।

केही दिन अगाडि ऋतिकको बर्थडेमा सुजेनले ट्विटरमा लेखेकी थिइन्,  ‘सधै तिमी मेरो जीवनमा विहानीको किरण झैँ रहने छौ । ह्याप्पी बर्थडे। सधै हाँसी रहनु र सधै उज्यालो दिइरहनु ।’

सुजेन र ऋतिक आफ्नो बच्चासँग केही समय अगाडि छुट्टी मनाउन फ्रान्स गएका थिए । ऋतिकले आफ्नो पहिलोे फिल्म कहो न प्यार हैे पछि सुजेनसँग सन् २००० मा विवाह गरेका थिए ।

आपसी मतभेदका कारण यी दुईले करीब १४ वर्ष लामो बैबाहिक सम्बन्धलाई अन्त्य गरे । भारतीय मिडियाका अनुसार, २०१८ भित्रै यी दुई फेरि बैबाहिक जीवनमा बाँधिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV