४ माघ २०७४, बिहीबार

काठमाडौं । सरकारले प्रदेशको अस्थायी राजधानी तोकेसँगै कतिपय जिल्लामा तनाव सुरु भएको छ । मन्त्रिपरिषद्को निर्णयलगत्तै राजधानी घोषणा भएका कतिपय शहरमा खुशीयाली छायको छ भने कतिपय स्थानमा प्रदर्शनहरु सुरु भएका छन् ।

प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर बनाइएपछि धनकुटामा विरोध प्रदर्शन सुरु भएको छ । प्रदेश नम्बर २ को वीरगञ्जमा प्रदर्शनहरु भएका छन् ।

त्यस्तै प्रदेश ७ को दीपायललाई प्रदेश राजधानी माग गर्दै आएकाहरुले त्यहाँ अनिश्चितकालीन बन्द घोषणा गरेका छन् । मन्त्रिपरिषद् बैठक बस्नुभन्दा अगाडिदेखि नै प्रदेश नम्बर ५ को दाङमा विरोध घोषणा भइसकेको थियो ।

त्यहाँ मन्त्रिपरिषद्को बैठकपछि थप तनाव बढेको छ । चारवटा प्रदेशका अस्थायी केन्द्रहरु उच्च अदालत भएकै जिल्लालाई तोकिएको छ भने ३ वटा प्रदेशमा भने फरक स्थान तोकिएका छन् ।

सरकारले प्रदेशको अस्थायी कार्य संचालन स्थल नाम दिएको अस्थायी केन्द्रका बारेमा चलेका विभिन्न चर्चाभन्दा केही प्रदेशमा फरक ठाँउ तोकिएका थिए । सरकारले यसअघि उच्च अदालतहरु रहेकै स्थानलाई आधार मानेर अस्थायी केन्द्र तोकिने बताएको थियो । तर बुधबार तोकिएका केन्द्रमध्ये विराटनगर, जनकपुर, पोखरा र सुर्खेतमात्रै उक्त मापदण्डमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV