४ माघ २०७४, बिहीबार

डोटी । सरकारले प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढी तोकेपछी डोटीमा आन्दोलन सुरु भएको छ। आन्दोलनकारीहरुले सरकारको विरुद्धमा नाराबाजी गर्दै सडकमा उत्रेका छन्।

आन्दोलनकारीहरुले डोटीबाट अन्यत्र जाने सडक लगायत आसपासका सडक पूर्णरुपमा बन्द गराएका छन् साथै आन्दोलनकारीले दिपायलस्थित क्षेत्रीय प्रशासनको कार्यालय घेराउ गरेका छन्।

निर्णयको विरोधमा आन्दोलनकारीद्वारा प्रधानमन्त्री शेरबहादुर देउवा, भीम रावल, लेखराज भट्टलगायत नेताको पुतला समेत जलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV