४ माघ २०७४, बिहीबार

मनोज साह,

रौतहट । रौतहटको चन्द्रनिगाहपुर सिटी जेसिसको बुधबार चौथो पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । सन् २०१८ को लागि अनन्त अधिकारीको अध्यक्षतामा बनेको समितिले पदभार सम्हालेको हो ।

जेसिसको बिधान अनुसार बर्ष ०१७ का अध्यक्ष मधुसुदन धितालले बर्ष ०१८ को अध्यक्ष अनन्त अधिकारीलाई पद हस्तान्तरण गर्नु भएको हो । सो पदस्थापना कार्यक्रममा प्रतिनिधिसभा सदस्य देबप्रसाद तिमल्सिनाले चन्द्रनिगाहपुर सिटी जेसिस समाजिक क्रियाकलापमा गरेको कार्यको प्रशंसा गर्दै अझ सक्रिय भएर लाग्न सुझाव दिनुभयो । चन्द्रनिगाहपुरका युवाहरुको नेतृत्व रहेको सिटी जेसिसलाई अगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । बिगतमा स्वास्थ्य शिविर, सरसफाई, शैक्षिक तथा खेलकुद सामग्री बितरण लगायतका कार्य गर्दै आएको उल्लेख गर्दै यस्ता कार्यलाई अझ निरन्तता दिन उहाँले चन्द्रनिगाहपुर सिटी जेसिसलाई सुझाव दिनुभयो । आरोप र प्रत्यारोपको राजनीति बन्द गरेर समाज हुने भाईचारा, बन्धुत्व कायम गर्न सम्बृद्ध बिकासमा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

यता प्रदेश सभा सदस्य धनलाल ठोकरले पनि चन्द्रनिगाहपुर सिटी जेसिसले गरेको कार्यको प्रशंसा गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यतm गर्नुभयो । यस्तै चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले नगरको बिकासका लागि जेसिस संग नगरपालिका सहकार्य गरेर अघि बढन तयार रहेको बताउनुभयो । बर्ष ०१८ का अध्यक्ष अनन्त अधिकारीले बोर्डमा मनोनित र जिम्मेबारीको बाडफाँट समेत गर्नु भएको छ । कार्यक्रममा बारा, पर्सा, मकवानपुर, चितवन, सर्लाही, महतोरी र धनुषाका जेसिस प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV