४ माघ २०७४, बिहीबार

सरकारले पाँच बर्षका लागि प्रदेश प्रमुख तोके पनि उनीहरुले पूरा अवधि काम गर्न नपाउने देखिएको छ ।

आगामी महिना नयाँ सरकार गठन गर्ने तयारीमा रहेका वाम गठबन्धनका नेताले सरकारले बिनासहमति प्रदेश प्रमुख तोकेकाले उनीहरुको भविष्य अन्योल भएको बताएका छन् ।

सरकारले सहमतिको आधारमा प्रदेश म्रमुख नियुक्त नगरेको भन्दै एमाले सचिव प्रदीप ज्ञवालीले भने, उहाँहरुको भविष्य के हुने भन्ने विषयमा नियुक्ति गर्नेहरुले नै सोच्नुपर्ने हो ।प्रदेश प्रमुख सरकार र राष्ट्रपतिको प्रतिनिधि हुने हुनाले नयाँ सरकारले त्यसैअनुसार निर्णय गर्नेछ ।ज्ञवालीले अहिले तोकिएका प्रदेश प्रमुखहरुले नयाँ सरकारको प्रतिनिधित्व गर्न नसक्ने बताए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV