३ माघ २०७४, बुधबार

काठमाडौं । बच्चाहरु स्कुल जान रुचाउँदैनन् । उनीहरु सकेसम्म स्कुल जान नपरोस् भन्ने चाहाना गर्छन् । स्कुल जानेबेला झगडा गर्छन् ।आमाबुवा जबरजस्ती बच्चालाई स्कुल पठाइरहेका हुन्छन् । फकाएर होस् वा डरत्रास देखाएर वा त अनेक लोभ देखाएर अभिभावकले बच्चालाई स्कुल पठाइरहेका हुन्छन् । बच्चाले किन स्कुल जाने भन्ने बुझेकै हुँदैनन् ।

अभिभावकको इच्छा पुरा गरिदिन  मात्र स्कुल गइरहेको उनीहरुले ठान्छन् । उनीहरु मनबाट प्रेरित भएर पढ्दैनन्, शिक्षकको कुटाइ वा गालीबाट बच्नका लागि मात्र किताब घोक्छन् । होमवर्क गर्छन् । यो एक किसिमको सजाय जस्तै त हो । ति जिज्ञासा किताबले वा स्कुलले मेटिरहेका हुँदैनन् । कति कुरा जान्न उत्सुक भए पनि हात बाँधेर चुपचाप बस्नुपर्ने वाध्यता हुन्छ  । अनुशासनको नममा उनीहरुलाई हरेक कुरामा सावधान र सतर्क रहन लगाइन्छ । हल्ला गर्न नहुने, चल्न नहुने, कराउन नहुने । प्राकृतिक रुपमै उनीहरु चञ्चल हुन्छन् । स्कुलमा सानोतिनो गल्ती गरेमा, होमवर्क नगरेमा, पढाएको पाठ राम्ररी नबुझेमा सजाय भोग्नुपर्ने हुन्छ । जबकी सबै बच्चाको स्वभाव, प्रवृत्ति एकै खालको हुँदैन । उनीहरुले समान रुपले कुनै कुरा बुझ्ने क्षमता पनि राख्दैन । जब आफुले कुनै कुरा जानिदैन, गाली वा कुटाइ खानुपर्ने हुन्छ ।

बढी जान्ने विद्यार्थीलाई माया गर्ने र कमजोर विद्यार्थीलाई हेला गर्ने प्रवृत्ति हुन्छ । यसले कमजोर विद्यार्थी हतोत्साही हुन पुग्छन् । उनीहरुले अपहेलित महसुष गर्छन् । स्कुल सम्झनसाथ उनीहरुको मन खिन्न हुन्छ । बच्चाहरु आफ्नै सहपाठीका कारण पनि स्कुल जाँदैनन् । अर्थात सहपाठीले गर्ने व्यवहार उनीहरुलाई मन परिरहेको हुँदैन । यद्यपी त्यसबारे उनीहरुले न खुलेर भन्न सक्छन्, त प्रतिकार गर्न । जब ति साथीको दूब्र्यवहार सम्झन्छन्, उनीहरुलाई स्कुलदेखि डर लाग्छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV