३ माघ २०७४, बुधबार

एजेन्सी ।  फिल्म ‘पद्मावत’ लामो समयदेखि विवादहरुको केन्द्रमा घेरिएको छ। फिल्ममा रानी पद्यावतीको चित्रण गरिएको प्रति भारतको करणी सेनाले विरोध गरिरहेको छ ।

निर्देशक संजय लीला भंसालीले फिल्ममा राजपुतहरुको मान–मर्यादाको अपमान गरेकाले फिल्मलाई पूर्णरुपमा प्रतिबन्ध लगाईनुपर्ने माग गरिरहेका छन् । फिल्म ‘पद्मावत’ लाई यसअघि भारतको गुजरात, मध्यप्रदेश र राजस्थानमा प्रतिवन्ध गरिएको थियो ।  विभिन्न राज्यमा फिल्मलाई प्रतिबन्ध गर्नाले फिल्म निर्माताहरुले ठूलो घाटा बेहोर्नु पर्ने भएका कारण भारतका सबै राज्यमा फिल्म प्रदर्शन गर्न पाउनु पर्छ भन्दै फिल्मका निर्माताहरुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने निर्णय गरेका हुन् ।

सेन्सरबोर्डले फिल्मको नाम ‘पद्मावती’बाट ‘पद्मावत’ बनाउनुका साथै विभिन्न दृष्यहरु परिवर्तन गर्न लगाई फिल्मलाई पास गरेको थियो । सेन्सरबोर्डले प्रदर्शन अनुमति दिए पश्चात नै जनवरी २५मा फिल्म प्रदर्शनहुने मिति तोकिएको छ । फिल्ममा रणवीर सिंह, दिपिका पादुकोण र शाहिद कपूर अभिनित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV