३ माघ २०७४, बुधबार

धनगढी । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले बुधवार कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश राजधानीको लागि आन्दोलन गर्नु नपर्ने बताएका छन् ।

उनले राजधानीका लागि विभिन्न स्थानमा भइरहेका आन्दोलन फिर्ता लिन नागरिकलाई आग्रह समेत गरे। रावलले अहिले मुलुकलाई समृद्धिको पथमा लैजानु पर्ने बेला राजधानी यता कि उता भनेर आन्दोलन गर्न नहुने बताए ।

सरकारले अस्थायी रुपमा मात्रै राजधानी तोकेकोले यहि नै अन्तिम निर्णय नहुने रावलले स्पष्ट पारे । रावलले सरकारले प्रदेश प्रमुख तोकेर काम अगाडि बढाएको र एमाले अध्यक्ष ओली स्वदेश फर्किएपछि सरकार निर्माण गरेर विकासको काम सुरु गर्ने बताएका थिए ।

यसअघि एमालेका नेताहरुले वर्तमान सरकारले तोकेका प्रदेश प्रमुखहरुबाट सपथ नखाने बताएका बेला नेता रावलले भने सरकारले आफ्नो अधिकार प्रयोग गरी प्रदेश प्रमुख तोकेकोले संविधान अनुसार यिनै प्रदेश प्रमुखबाट सपथ लिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV