३ माघ २०७४, बुधबार
  • सरिना मरासिनि,

रुपन्देही । भैरहवा–लुम्बिनी तथा तौलीहवा–लुम्बिनी सडक खण्डको स्तरोन्ती सुरु भएको छ । अबको दुई वर्षमा बुद्ध जन्मस्थल लुम्बिनीसम्मको सडक स्तरोन्नती सम्पन्न गर्ने लक्ष रहेको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीको प्रबेशद्वार सिद्धार्थनगर तथा बुद्धभूमि कपिलबस्तु तौलीहवाबाट लुम्बिनीसम्म आउने बाटो फराकिलो हुने भएपछि लुम्बिनी पुग्नका लागि सहज हुने भएको छ ।

अबको दुई वर्षमा भैरहवा–लुम्बिनी तथा तौलीहवा–लुम्बिनी सडक खण्डको स्तरोन्ती सम्पन्न हुने छ । सडकको स्तरोन्नती सम्पन्न भएपछि बुद्धभूमि लुम्बिनि पुग्न सडक सास्ती व्यहोर्नुपर्ने छैन ।

सासेक सडक सुधार आयोजना अन्तर्गत भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नतीका लागि प्रारम्भीक काम सुरु भइसकेको छ । भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चोकसम्मको बाटो ६ लेनको बनाइने छ ।

त्यस्तै, एयरपोर्ट चोकदेखि बुद्ध जन्मस्थल लुम्बिनीको पर्साचोकसम्म भने ४ लेनको सडक बन्ने छ ।
सडक सुधार अन्र्तगत यो सडक खण्डमा ३६ बटा यात्रु प्रतिक्षालय बन्नेछ । सडक निर्माणको क्रममा यस क्षेत्रका २१ सय रुखहरु काटिएका छन् ।

अब यो सडक खण्डमा ५१ सय रुख रोप्ने योजना बनेको छ । सडक स्तरोन्नतीमा प्राविधिक कामको जिम्मेवारी कोरिया ईन्जिनीयरिङ कन्सलटेन्टले पाएको छ । हाल, ६० जना प्रविधिक काम गरिरहेका छन् । प्राविधिक पक्षले पनि समयमै काम सम्पन्न हुने दावी गरेको छ ।

सडक स्तरोन्नतीका लागि एसियाली विकास बैंकको १ अर्ब ९३ करोड आर्थिक सहयोग गरेको छ । हालसम्म सडक निर्माणका लागि रेडिमिक्स प्लान्ट, क्रसर उद्योग, ल्याब तथा आवश्यक अस्थायी संरचना निर्माण गर्ने कामले तिब्रता पाएको छ ।

योजनाका अनुसार पहिलो चरणमा मंसिर सम्ममा लुम्बिनी–तौलिहवा खण्डको २३ किलोमिटर दुई लेन सडक कालोपत्रे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV