३ माघ २०७४, बुधबार

पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँथरले लामो समय सामान्य कच्ची भवनबाटै जनतालाई सुरक्षा प्रदान गरिरहेको थियो । तर, अब भने प्रहरीको आफ्नै भवन बनेको छ ।

सामन्वय भवनबाट पाँचथरवासीलाई सुरक्षा प्रदान गर्दै आएको जिल्ला प्रहरी कार्यालयले दुई तले पक्की भवन बनाएको छ ।

भवन बनेसँगै जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरीलाई सहज भएको छ । २०७२ पुषबाट निर्माण सुरु भएको भनव पटक–पटक समय थप गरी यो वर्ष मात्र निर्माण सम्पन्न भएको हो ।

२ करोड ८६ लाख ९६ हजारमा निर्माण सम्पन्न भएको भवन नेपाल प्रहरीका अतिरित्त प्रहरी महानिरीक्षक पशुपती उपाध्यायले उद्घाटन गर्नु भयो ।

अतिरीत्त महानिरीक्षक उपाध्यायले ३० बर्ष अघि साइकल चढेर सेवा र सुरक्षा दिनुपर्ने समय पार गर्दै अहिले सुरक्षा मजबुद बनाउन बहुपक्ष ब्यबस्थापन गुर्नुपर्ने बाँध्यता भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV