३ माघ २०७४, बुधबार

काठमाडौं । माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले सरकारले  तोकेको प्रदेश प्रमुख र प्रदेश मुकामको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

देशका विभिन्न भागहरुमा प्रदेश राजधानीको विषयलाई लिएर भइरहेको सशक्त विरोध प्रदर्शन र कार्यक्रमको सन्दर्भमा सरकारले कतिपय प्रदेशका अस्थायी राजधानी विवेकसम्मत र सन्तुलित रुपमा तोक्न नसक्नु सरकारको असक्षमता पुष्टि भएको भन्दै उनले सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

उनले आफनो बक्तब्यमा भनेका छन् आज नेपाल सरकारले प्रदेशहरुको अस्थायी राजधानी तोकेको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रशासन पुनःसंरचना आयोगको सिफारिस, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय–अन्तर्राष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउँदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थप्रेरित हुन पुगेको छ उनको आरोप छ ।

बक्तब्यमा उनले भनेका छन् देउवा सरकारको यो असन्तुलित, अविवेकी, अदूरदर्शी, असंवेदनशील र असक्षम निर्णय हो । म यो निर्णयको विरोध र घोर भत्र्सना गर्दछु । यसबाट देउवाको उत्पीडित क्षेत्रको सन्तुलित विकास गर्ने खोक्रो आदर्श उदाङ्गिएको छ र यो निर्णय उत्पीडकहरुको स्वार्थद्वारा प्रेरित भएको पुष्टि हुन्छ ।

५ नम्बर प्रदेशको राजधानी दाङ सुरक्षित, समदूरी र पूर्वाधारसहित पर्याप्त स्थान भएकाले दाङलाई प्रदेशको राजधानी बनाउनु पर्ने महराले बक्तब्यमा यल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV