३ माघ २०७४, बुधबार

धनकुटा।  प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगर तोकिएपछि धनकुटामा तीब्र विरोध भएको हो । धनकुटावासीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलिएका छन् ।

विरोधमा उत्रिएका धनकुटावासीले प्रधानमन्त्री शेरवहादुर देउवासहित क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको समेत पुत्ला दहन गरेका छन् । अनिश्चितकालीन् आमहडताल जारी रहने प्रादेशिक राज्यको राजधानी धनकुटा बनाऔं संघर्ष समितिका संयोजकले जानाकारी दिएको छ । छिटै वैठक वसेर थप दवावमूलक आन्दोलनको कार्यक्रम तय गरिने संयोजकले जनाए ।

आन्दोलनकारी र सुरक्षाकर्मीबीच घम्साघम्सी हुँदा धनकुटा नगरपालिका वडा नंं ६ का जेशिस श्रेष्ठ घाइते भए । सुरक्षाकर्मीले आन्दोलनकारीलाई गेटमा रोक्न खोजेपछि सामान्य घम्साघम्सी भएको थियो । टाउकोमा चोट लागेका श्रेष्ठको जिल्ला अस्पताल धनकुटामा उपचार भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV