३ माघ २०७४, बुधबार

युवा संघ नेपालले शीतलहरबाट प्रभावित सिराहा, महोत्तरी र सप्तरीमा लत्ताकपडा र कम्बललगायतका सामग्री वितरण गर्न संगठनका अध्यक्ष राजीव पहारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ ।

संगठनको आज बसेको बैठकले प्राकृतिक प्रकोपबाट समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग गर्न जिल्ला संगठनलाई निर्देशनसमेत दिएको प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।

संगठनका अध्यक्ष पहारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल शुक्रबार कपडासहितको राहत लिएर प्रभावित क्षेत्रमा जाने निर्णय बैठकले गरेको हो । उक्त संगठनको विपद् न्यूनीकरण विभागले स्थानीय प्रशासनसँग समन्वय र सहकार्य गरी राहत वितरणको काम गर्नेछ ।

बैठकले शीतलहरबाट प्रभावित तराईवासीलाई न्यूनतम मानवीय आवश्यकता जुटाइदिन सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV