३ माघ २०७४, बुधबार

डोटी । प्रदेश नं. ७ को अस्थायी मुकाम धनगढी तोकेपछि  डोटीको दिपायलमा तानव उत्पन्न  भएको छ । राजधानीको माग गर्दै आन्दोलन जारी राखेको दिपायलमा नागरिकहरु सडकमा उत्रिएका हुन्।

डोटीमा आन्दोलन संयोजन समितिले अनिश्चितकालीनबन्दको घोषणा गरेको छ। सरकारबिरुद्ध नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरेका छन् । सरकारको निर्णय बाहिर आएसँगै दिपाय बजारमा आन्दोलनकारीहरु आक्रामक भएका छन् । सरकारको निर्णय परिवर्तन नभएसम्म बन्दको आन्दोलन जारी राख्ने संयोजन समिति तथा डोटी उद्योग बाणिज्य संघका अध्यक्षले बताए ।

आन्दोलन आक्रामक बन्दै गएका छन् ।  नियन्त्रणमा राख्न नसकिने स्थिति आएको समितिका सदस्यले जानाकारी दिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV