३ माघ २०७४, बुधबार

काठमाडौं । अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) अन्तर विद्यालय फुटबल प्रतियोगितामा सिर्जना ज्ञानसागर स्कुल र सामाखुसी बोर्डिङ स्कुल (सेब) ले विजयी सुरुआत गरेका छन् ।

गोलढुंगास्थित फुटबल मैदानमा भएको खेलमा सिर्जनाले विभूति स्कुललाई १–० गोलले पराजित ग¥यो । यसैगरी सेबले न्युटनलाई ३–० गोलले हरायो ।

तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले उद्घाटन खेलको प्रतियोगिताको बुधबार भएका अन्य खेलमा लालीगुराँसले एञ्जल हर्ट स्कुललाई १–०, कौशलले ज्ञानमन्दिरलाई १–० र प्रगतिले पुष्पकुञ्जलाई ३–० ले हराए । प्रतियोगिताको फाइनल खेल माघ ७ गते हुनेछ ।

ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको छात्रछात्रा प्रतिस्पर्धामा कुल १४ अंकसहित ज्ञान मन्दिर पहिलो, १३ अंक जोडेको हिमरश्मि दोस्रो र ११ अंकका साथ कौशल स्कुल तेस्रो भयो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV