स्वदेशमा नर्सको श्रम शोषण भएपछि विदेश पलायन रहर नभई बाध्यता



प्रकाशित मिति : Jan 17, 2018

काठमाडौं।  नेपाल नर्सिङ संघले विभिन्न ११ बुँदे माग राख्दै आठ दिनदेखि गरेको आन्दोलनमा युवा नर्सहरुले पनि समर्थन जनाएका छन् । विभिन्न अस्पतालमा कार्यरत युवा नर्सहरुले आज माइतीघरबाट बानेश्वरसम्म संयुक्त ¥याली निकाली संघको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पसकी स्ववियू सभापति विमला धमलाले विदेश पलायन नर्सको रहर नभइ बाध्यता भएको बताउनुभयो ।उहाँले भन्नुभयो, “हाम्रो पेशागत सम्मान र सुुरक्षा हुनुपर्छ, नर्सिङ संघले राखेका मागमा हाम्रो पूर्ण समर्थन छ, हामीलाई स्वदेशमै ससम्मान काम गरी आफ्नो र परिवारको सपना पूरा गर्ने वातावरण हुनुपर्छ ।”

जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गर्नुपर्ने, निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सलाई तहगतरूपमा उचित पारिश्रमिक दिनुपर्ने, स्वयंसेविकाका नाममा नर्समाथि हुने श्रम शोषण बन्द गर्नुपर्ने, सार्वजनिक–निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवद्र्धन गरी स्कूल तथा उद्योगमा गुणस्तरीय नर्सिङ सेवा उपलब्ध गराउनुपर्नेलगायतका माग संघले अघि सारेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com