३ माघ २०७४, बुधबार

एजेन्सी । दक्षिण अफ्रिकाविरुद्ध  भारत दोस्रो टेस्टमा पराजित भएका छन् ।  ३ टेस्टको सिरिजमा भारत पहिलो टेस्टमा पनि पराजित भएको थियो  २ सय ८७ रनको लक्ष्य पछ्याएको भारत १ सय ५१ रनमै अलआउट भएपछि भारत पराजित भएका हुन् ।

भारतलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका लागि पहिलो टेष्ट खेलिरहेका लुङ्गी एन्गिडिले ६ विकेट लिएका थिए । त्यस्तै कागिसो राबाडाले पनि ३ विकेट लिएका थिए । भारतका लागि रोहित शर्माले ४७ रनको पारी खेल्दा अन्य ब्याट्सम्यान भने क्रिजमा धेरै टिक्न सकेनन् । मोहम्मद शमीले २८ रनको योग्दान दिएका थिए र चितेश्वर पुजारा र पार्थिव पटेलले समान १९ रनको योग्दान दिए । कप्तान विराट कोहली ५ रनमा आउट भएको  थियो ।

दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्समा ३ सय ३५ रन बनाएको थियो भने जवाफमा भारत ३०७ रनमा अलआउट भएको थियो । पहिलो इनिङ्समा भने कोहलीले १ सय ५३ रनको शानदार पारी खेलेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV