३ माघ २०७४, बुधबार

काठमाडौं । सातवटै प्रदेशको अस्थायी मुकाम सरकारले तोकेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको हो ।

जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।

त्यस्तै सरकारले सातवटा प्रदेशमा प्रमुख पनि तोकेको छ । यसप्रकार छन् प्रदेशमा प्रमुखको सुचीः

प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा ।

प्रदेश नं. २ मा रत्नेश्वरलाल कायस्थ ।

प्रदेश नं.३ मा अनुराधा कोइराला ।

प्रदेश नं.४ मा बाबुराम कुँवर ।

प्रदेश नं.५ मा उमाकान्त झा ।

प्रदेश नं. ६ मा दुर्गा खनाल ।

प्रदेश नं. ७ मा मोहनराज मल्ल ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV