३ माघ २०७४, बुधबार

काठमाडौं । प्रदेश प्रमुखमा प्रस्तावित अनुराधा कोइरालाका एकमात्र छोरा मनिष कोइराला हुन् । उनले आफ्नी आमा बंशज नेपाली नागरिक भएको बताएको छ।

आमाको पुरानो नागरिकतामा गुरुङ थर नै रहेको भए पनि पछि प्रतिलिपि निकाल्दा पिता दिनेशप्रसाद कोइरालाको थर प्रयोग गरिएको छोरा मनिषले जानाकारी दिएको हो। आफ्नी आमालाई अंगीकृत नागरिक भनी प्रचार गरिएकोमा आफ्नो चित्त दुखेको मनिषले जनाए ।

प्राप्त प्रतिलिपिअनुसार अनुराधाले काठमाडौं जिल्ला प्रशासनबाट बंशजको नागरिकता लिएकी छिन् । नागरिकतामा जन्मस्थान ओखलढुंगाको रुम्जाटार ३ उल्लेख भएको छ भने हालको वतन काठमाडौं– १० उल्लेख गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV