३ माघ २०७४, बुधबार

रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

भलुवाजोरको कुभिण्डेबाट घर बनाउन ढुंगा लिएर बेतिनी जाँदै गरेको को २ त २६१० नम्बरको ट्याक्टर सडकबाट १५ मिटर तल खस्दा मन्थली नगरपालिका ६ भलुवाजोरकी ३६ वर्षीया सानुमाया तामाङको घटनास्थलमै मृत्यु भएको रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिएका छन् ।

दुर्घटनामा भलुवाजोरकै ३१ वर्षकी पूर्णिमा मोक्तान, कुलबहादुर थोकर र ट्याक्टर चालक लिखु गाउँपालिका ३ का राजकुमार तामाङ घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV