३ माघ २०७४, बुधबार

 

किरात राई मौलिक कला संस्कृति केन्द्रले आयोजनामा हुन गईरहेका‘Ctv Mobile मिस राई २०१८ ’ मा १५ जना राई समुदायका सुन्दरीहरुले प्रतिस्पर्धा गर्ने भएका छन्। किरातीहरुको नयाँ सम्वत यालेदोङ ५०७८ को अवसरमा पारेर यो आयोजना गर्न लागिएको यो प्रतियोगितामा किराती मौलिक संस्कृति कला, संस्कार, किराती इतिहाासका बारेमा प्रशिक्षण दिइने आयोजक संस्थाले जनाएको छ।

प्रतियोगिहरुलाई किरात राईहरुको उद्गम थलोको रुपमा रहेको खोटाङ जिल्लाको तुवाचुङ जायजुम तथा धार्मिक पर्यटकिय स्थल हलेसी गुफाको भ्रमण गराउनका साथै आकर्षक फोटोसुटका साथै विभिन्न किसिमका व्यक्तित्व विकास सम्बन्धी तालिमहरु समेत दिइने अध्यक्ष अपर्ण राईले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV